John 12:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहिले मेरो हृदय विचलित भएको छ, मलाई के भनूँ, के भनूँजस्‍तो भइरहेछ! हे पिता, मलाई यो आउन लागेको दु:खबाट बचाउनुहोस् भनूँ? होइन, यही दु:ख भोग्‍नलाई नै म यस संसारमा आएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब मेरो प्राण व्‍याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌’? होइन, यसै कारणले नै म यस घड़ीसम्‍म आइपुगेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
Nepali ERV (पवित्र बाइबल)
“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी सुङ्जी, “दान्‍दे ङादा सेमरी ल्‍हानान दुख तबा मुला, ङाइ तिग पाङ्से? ‘आबा ङादा चु दुखग्‍याम जोगब लउ’ भिसी पाङ्‌बारी तला? आत, तिग्‍दा भिसम ङा चु दुख नाबाला लागिरीन खबा हिन्‍ना।