John 12:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भने, “हाम्रो व्यवस्थाले ‘ख्रीष्ट त सधैँ बाँचिरहनुहुनेछ’ भनेर भन्छ। तर मानव पुत्रलाई उचालिनुपर्छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंले भन्नुभएको मानव पुत्रचाहिँ को हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडले प्रश्न गर्यो, “ख्रीष्ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”
Nepali Tamang 2011
जमाहेन्से म्हिगदेसे येशूदा “थार्बा पिन्बा ख्रीष्ट सदन सोला भिबा ताम ङन्से ठिमग्याम थेःबा मुला। ह्राङसे चा तिग्दा ‘परमेश्वरसे पुइखबा म्हिदा तोर थीनोन तोःला’ भिसी सुङ्बा? परमेश्वरसे पुइखबा चु म्हि चा खाल हिन्ना?” भिसी ङ्योइजी।