John 12:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “उज्‍यालोचाहिँ अझै केही बेरसम्‍म तिमीहरूको बीचमा रहनेछ। उज्‍यालो तिमीहरूसँग रहुञ्‍जेल आफ्‍नो बाटोमा हिँड नत्र अन्‍धकारले तिमीहरूलाई ढाक्‍नेछ। अँध्‍यारोमा हिँड्‍नेले आफू कता जाँदै छु भनी थाहा पाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “अझ अलि बेरसम्‍म ज्‍योति तिमीहरूसँग छ। ज्‍योति तिमीहरूसँग छउञ्‍जेल हिँड्‌डुल गर, ताकि अन्‍धकारले तिमीहरूलाई नढाकोस्‌। कोही अन्‍धकारमा हिँड्‌डुल गर्छ भने, त्‍यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “अझ छिन्‍नङ य्‍हाल एनीगदेदेन छ्‌याम तला। थेतबासेलमा य्‍हाल एनीगदेदेन छ्‌याम मुबा धुइरीन ह्राङ भ्रतोःबा ग्‍यामरी भ्रउ। आहिन्‍सम एनीगदेदा धोपधोपसे घप्‍ला, धोपधोपरी भ्रबा म्‍हिदा ह्राङ खानङ निबान मुला भिबा तामनोन था आत।