John 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्‍न दिइएको थियो र उसले यसबाट पैसा झिक्‍ने गर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले गरीबहरूको ख्‍याल राखेर यो भनेको थिएन, किनकि त्‍यो चोर थियो, र पैसाको थैलो त्‍यसैले राख्‍थ्‍यो, अनि त्‍यहाँबाट चोर्ने गर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
Nepali Tamang 2011
तर थेसे प्राङबोगदेदा वास्‍ता लसी चु ताम पाङ्बा आहिन मुबा। तिग्‍दा भिसम थे य्‍हो मुबा, ओच्‍छे टाङगाएनोन थेदेन छ्‌यामनोन थान्‍सी थेसेन य्‍हो लमुबा।