John 12:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू बेथानियामा हुनुहुन्छ भन्ने थाहा पाएर धेरै मानिसहरू त्यहाँ आए। तिनीहरू येशूलाई हेर्न मात्र होइन, तर उहाँले मरेकोबाट बिउँताउनुभएको लाजरसलाई पनि हेर्न आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।
Nepali Tamang 2011
येशू बेथानिया भिबा नाम्सारी मुला भिबा था याङ्सी ल्हानान यहूदीगदे थेरी खजी, थेनीगदे येशूदा च्याबारी जे खबा आहिन मुबा। तर येशूसे सिबाग्याम सोना लबा लाजरसदाएनोन च्याबारी खबा मुबा।