John 13:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निस्तार भन्ने चाड सुरु हुनै लागेको थियो। आफूले संसार छोडेर पिताकहाँ जाने समय आउनै लागेको छ भन्ने कुरा येशूलाई थाहा थियो। उहाँले संसारमा भएका आफ्ना चेलाहरूलाई सधैँ प्रेम गर्नुहुन्थ्यो अनि उहाँले तिनीहरूलाई आखिरी समयसम्मै प्रेम गरिरहनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निस्तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो निस्तार चाडको अगिल्लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
Nepali Tamang 2011
मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाड खबा भन्दा ङाच्छान चु जम्बुलिङ ख्लासी आबा मुबा ग्लारी निबा धुइ तसी जिन्जी भिबा ताम येशूसे था याङ्सी जिन्बा मुबा। येशूसे जम्बुलिङरी मुबा ह्राङला चेलागदेदा ल्हानान माया लमुबा, ओच्छे थेनीगदेदा लिच्छाधोनान माया लजी।