John 13:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “नुहाब लसी जिन्बा म्हिसे काङ जे ख्रुतोःला। एनीगदे न्हङरी म्हि गिक बाहेक स्य्हान्दो जम्मान चोखो तसी जिन्बा मुला” भिसी सुङ्जी।