John 13:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु। तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’
Nepali ERV (पवित्र बाइबल)
“मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।
Nepali Tamang 2011
“चु ताम ङाइ एनीगदे जम्मालान बारेरी पाङ्बा आहिन, ङाइ धम्बागदेदा ङाइ ज्यना लसी ङोसेमुला। तर ‘ङादेन छ्यामनोन गेङ चबा म्हिसे ङादा धोका पिन्ना’ भिसी परमेश्वरला बचनरी पाङ्बा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा हिन्ना।