John 13:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍ना चेलाहरूसँग बेलुकीको खाना खाँदै हुनुहुन्‍थ्‍यो। त्‍यति बेला शैतानले सिमोनका छोरा यहूदा इस्‍करियोतको हृदयमा येशूलाई पक्राइदिने विचार हालिदिइसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्‍करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो।
Nepali Tamang 2011
येशू ह्राङला चेलागदेदेन छ्‌याम ङ्‍यसेला सोल छ्‌योइबान मुबा। थेनोन धुइरी येशूदा चुङ्सी पिन्‍बा सेम शैतानसे सिमोनना झा यहूदा इस्‍करियोतदा खना लसी जिन्‍बा मुबा।