John 13:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आफूलाई सबै अधिकार दिनुभएको छ भन्ने कुरा येशूलाई थाहा थियो अनि परमेश्वरबाटै आएर फेरि परमेश्वरकहाँ नै फर्किंदै छु भन्ने कुरा पनि उहाँलाई थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्ने येशूलाई थाहा थियो।
Nepali ERV (पवित्र बाइबल)
पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै र्फकिरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो।
Nepali Tamang 2011
परमेश्वरसे जम्मान अधिकार ह्राङदा पिन्बा मुला भिबा ताम येशूदा था मुबा। ओच्छे परमेश्वरग्यामनोन खसी दोःसी परमेश्वर मुबा ग्लारी निबान मुला भिबा तामएनोन येशूदा था मुबा