John 13:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे मेरा बालकहरू हो, म अझै केही बेरसम्म मात्रै तिमीहरूसँग रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ र मैले यहूदी अगुवाहरूलाई भनेजस्तै तिमीहरूलाई पनि भन्छु, जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्दैनौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
Nepali Tamang 2011
“कोलागदे, ङा एनीगदेदेन छ्याम छिन्नङ जे तला। एनीगदेसे ङादा म्हाइला, तर दाहेन्से ङाइ यहूदीगदेदा पाङ्बा ताम एनीगदेदाएनोन पाङ्ला, ‘ङा जुन ग्लारी निबान मुला, थेरी एनीगदे खबारी आखम।’