John 14:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसंग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।
Nepali Tamang 2011
थे आत्‍मासे एनीगदेदा परमेश्‍वरला बारेरी सत्‍य ताम घोना लला। तर थेदा जम्‍बुलिङला म्‍हिगदेसे विश्‍वास आल, तिग्‍दा भिसम जम्‍बुलिङला म्‍हिगदेसे थेदा न्‍ह म्राङ्ला न्‍ह ङोसेला। तर एनीगदेसे मी थेदा ङोसेला, तिग्‍दा भिसम थे एनीगदेदेन छ्‌यामनोन मुला ओच्‍छे थे एनीगदे न्‍हङ‍री धन्‍छ्‌याला।