John 14:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा इस्‍करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्‍ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्‍छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्‍न?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले (इस्‍करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्‍नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्‍छ, र संसारलाई चाहिँ होइन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्‍न?”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”
Nepali Tamang 2011
यहूदा इस्‍करियोत चा आहिन, तर स्‍य्‍हान्‍दो यहूदासे येशूदा “प्रभु, ह्राङ तिग्‍दा ङनी मुबा ग्‍लारी चा फेप्‍खला, तर जम्‍बुलिङला स्‍य्‍हान्‍दो म्‍हिगदे मुबा ग्‍लारी चा आफेप्‍ख भिसी सुङ्बा?” भिसी भिमा,