John 14:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्ने कुरामा तिमीहरू आनन्दित हुनेछौ। किनकि पिता मभन्दा महान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किन? किनभने पिता म भन्दा महान हुनुहुन्छ।
Nepali Tamang 2011
“‘ङा चुग्याम निबान मुला, तसैनोन ङा एनीगदे मुबा ग्लारी दोःसी खला’ भिसी ङाइ पाङ्बा ताम एनीगदेसे थेःबा मुला। एनीगदेसे ङादा पक्कान माया लबा हिन्सम ङा परमेश्वर आबा मुबा ग्लारी निबारी छ्याइबा मुला भिबा ताम थेःसी एनीगदे ताङ्सेला मुबा। तिग्दा भिसम ङा भन्दा मी परमेश्वर आबान घ्रेन हिन्ना।