John 14:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ, त्‍यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्‍छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?”
Nepali ERV (पवित्र बाइबल)
थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
Nepali Tamang 2011
थोमासे येशूदा “प्रभु, ह्राङ खानङ फेप्‍बान मुला भिबा ताम मी ङन्‍दा था आरे भिसम ह्राङ फेप्‍बा ग्‍याम मी झन ङन्‍से खाह्रङ् लसी था याङ्से?” भिसी भिजी।