John 14:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्‍म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्‍दैनौ? मलाई देख्‍नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसंगै छु र पनि मलाई चिन्दिनौ भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’
Nepali Tamang 2011
येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “फिलिप, चुदे धिनधोना ङा एनीगदेदेन छ्‌याम चिजी, तसैनोन एसे ङादा ङोसेबा आरे? ङादा म्राङ्बा म्‍हिसे परमेश्‍वर आबादाएनोन म्राङ्सी जिन्‍बा मुला। तर ङादा म्राङ्सीनोन तिग्‍दा एसे ङन्‍दा परमेश्‍वर आबादा उन्‍सी पिन्‍गो भिसी भिबा?