John 15:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
Nepali ERV (पवित्र बाइबल)
मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसंग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।
Nepali Tamang 2011
ङाला सेम ताङ्बा ह्रङ् लसी एनीगदेला सेमएनोन पूरान ताङ्खम्गै भिसीन ङाइ एनीगदेदा चु ताम पाङ्बा हिन्ना।