John 15:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्ना सम्झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसंग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
Nepali Tamang 2011
चुदे एनीगदे जम्बुलिङला म्हि हिन्बा हिन्सम थेनीगदेसे एनीगदेदा ह्राङला म्हि म्हन्सी माया लसेला मुबा। तर एनीगदे चु जम्बुलिङला म्हि आहिन। एनीगदेदा ङाइ चु जम्बुलिङग्याम धम्बा हिन्ना। थेतबासेलमा एनीगदेदा जम्बुलिङला म्हिगदेसे हेला लबा हिन्ना।