John 15:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘नोकर मालिकभन्दा ठूलो हुँदैन’ भनेर मैले भनेको यो कुरा सम्झ। तिनीहरूले मेरो खेदो गरे भने तिमीहरूको पनि गर्नेछन्। त्यसरी नै तिनीहरूले मेरो आज्ञापालन गरे भने तिमीहरूले भनेको पनि मान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नौकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्।
Nepali Tamang 2011
‘नोकर मालिक भन्दा घ्रेन आत’ भिसी ङाइ पाङ्बा ताम एनीगदेसे थाम्लेःगो। थेनीगदेसे ङादा दुख पिन्जी भिसम एनीगदेदाएनोन दुख पिन्ना। थेह्रङ् लसीन थेनीगदेसे ङाइ कुल्बा ताम ङ्यान्जी भिसम एनीगदेसे पाङ्बा तामएनोन ङ्यान्ना।