John 15:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू कसैले कहिल्यै नगरेको शक्तिशाली कामहरू मैले तिनीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर मैले गरेका अचम्मका कामहरू देखेर पनि तिनीहरूले मलाई र मेरा पितालाई समेत हेला गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।
Nepali Tamang 2011
खालैसेन लबारी आखम्बा गेगदे ङाइ थेनीगदेला गुङरी आलबा हिन्सम थेनीगदेदा पापला दोष आतसेला मुबा। तर ङाइ लबा उदेकला गेगदे म्राङ्सीनोन थेनीगदेसे ङादेन ङाला आबादा हेला लबा मुला।