John 16:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सत्यका आत्मा आउनुभएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ। उहाँले आफ्नै तर्फबाट कुरा गर्नुहुनेछैन। उहाँले जे सुन्नुहुनेछ, त्यही नै तिमीहरूलाई भन्नुहुनेछ अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन् उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।
Nepali Tamang 2011
तर थे सत्यला आत्मा फेप्खमाहेन्से सत्य ताम तिग हिन्ना भिसी थेसेन एनीगदेदा घोना लला। थेसे ह्राङला सेमग्याम एनीगदेदा तिगै ताम आसुङ्, थेसे जुन ताम थेःला थेनोन ताम जे एनीगदेदा सुङ्ला। ओच्छे थेसेन लिच्छा तसेला तामगदेएनोन एनीगदेदा घोना लला।