John 16:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यो कुराको बारेमा सोध्‍न चाहन्‍छन् भन्‍ने जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले भने ‘थोरै समयपछि तिमीहरूले मलाई देख्‍नेछैनौ अनि केही समयपछि फेरि देख्‍नेछौ।’ के यही कुराबारे तिमीहरूले आपसमा सोधपुछ गरेका होइनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई सोध्‍ने इच्‍छा गर्दैछन्‌ भन्‍ने येशूलाई थाहा भयो, र उहाँले भन्‍नुभयो, “‘अलि बेरपछि तिमीहरू मलाई देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई देख्‍नेछौ’ भन्‍ने कुराको अर्थ के हो भन्‍ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले जान्नु भयो कि चेलाहरूले त्यस विषयमा उहाँलाई सोध्न चाहन्छन्। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू आपसमा सोधिरहेछौ मेरो भन्नुको तात्पर्य जब मैले भने, केही बेरपछि तिमीहरूले मलाई देख्ने छैनौ। तिमीहरूले यो जान्नलाई आपसमा बहस गरेकाछौ। त्यसपछि फेरि अर्को केही बेरपछि देख्नेछौ?
Nepali Tamang 2011
थेनीगदेसे चु तामला बारेरी ङ्‌योइबा सेम लबा मुला भिसी था याङ्सी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ एनीगदेदा ‘छिन्‍नङ लिच्‍छा एनीगदेसे ङादा आम्राङ् भिबादेन छिन्‍नङ लिच्‍छा मी एनीगदेसे ङादा म्राङ्ला’ भिसी पाङ्बा तामला बारेरी एनीगदेसे ह्राङ ह्राङ न्‍हङ‍री ताम लबा आहिन?