John 16:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नानी पाउन आँट्दा आमा कष्टले छटपटिन्छिन्, तर नानी पाउनेबित्तिकै ‘संसारमा एउटा बालकको जन्म भएको छ’ भन्ने हर्षले तिनी सबै दु:ख बिर्सेर खुसी हुन्छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन्, तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
Nepali ERV (पवित्र बाइबल)
जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।
Nepali Tamang 2011
कोला न्हबा धुइरी म्रिङम्हेमेदा ल्हानान दुख तमुला। तर कोला न्हमाहेन्से थेसे थे जम्मान दुख म्लेःमुला। तिग्दा भिसम जम्बुलिङरी कोला गिक न्हजी भिसी थे ल्हानान ताङ्मुला।