John 16:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई पनि त्यस्तै हुँदै छ। अहिले तिमीहरू शोक गर्छौ, तर म तिमीहरूलाई फेरि भेट्न आउँदा तिमीहरूको हृदय आनन्दले भरिनेछ र यस्तो खालको आनन्द तिमीहरूबाट कसैले पनि खोसेर लैजान सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरूका हृदय आनन्दित हुनेछन्। अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोस्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूसंग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेदा दान्दे दुख तबा मुला। तर ङा दोःसी एनीगदेदा ह्रुप तबारी खमा एनीगदे सेमरी ल्हानान ताङ्म्याङ्ला। ओच्छे एनीगदेला ताङ्बा खालैसेन म्हाना लबारी आखम।