John 16:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामी जान्दछौ, तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई अब कसैले प्रश्न गर्नुपर्दैन। त्यसैले तपाईं परमेश्वरबाट नै आउनुभएको हो भनेर हामी विश्वास गर्छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हामीहरूले बुझ्यौं, तपाईं सबै कुरा जान्नुहुन्छ, अनि तपाईंलाई कसैले सोध्ने आवश्यकता छैन। यसैले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्वरबाट आउनुभएको हो भनी हामीलाई विश्वास दिलाउँछ।”
Nepali ERV (पवित्र बाइबल)
हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
Nepali Tamang 2011
दाहेन्से ह्राङदा जम्मान ताम था मुला भिबा ताम ङन्से था याङ्जी। दाहेन्से खालैसे ह्राङदा ङ्योइतोःबा ताम तिगै आरे। थेतबासेलमा ह्राङ परमेश्वरग्याम फेप्खबा हिन्ना भिसी ङन्से विश्वास लजी।”