John 16:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्‍नुभएको थियो!’ भनी सम्‍झनेछौ। त्‍यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्‍दै छु। “म अहिलेसम्‍म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्‍यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्‍मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं। “मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।
Nepali Tamang 2011
च्‍यागो, थे जम्‍मान ताम तबा धुइरी एनीगदेसे ‘चु जम्‍मान तामला बारेरी ङादा प्रभुसे ङाच्‍छान सुङ्सी जिन्‍बा मुबा’ भिबा ताम ढन्‍गै भिसी ङाइ एनीगदेदा चु ताम पाङ्‌बान मुला। दान्‍देधोना ङा एनीगदेदेन छ्‌यामनोन मुबासे लमा चु ताम ङाइ ङाच्‍छा एनीगदेदा आपाङ्नी।