John 16:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर साँच्चै म तिमीहरूलाई भन्छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
Nepali Tamang 2011
तसैनोन ङाइ एनीगदेदा सत्य ताम पाङ्बा मुला, ङा चुग्याम निबान एनीगदेदा ज्यबा हिन्ना। तिग्दा भिसम ङा चुग्याम आनिनी भिसम एनीगदेदा ह्रो लबा आत्मा एनीगदे मुबा ग्लारी आफेप्ख। तर ङा निजी भिसम ङाइ थेदा एनीगदे मुबा ग्लारी पुइखला।