John 17:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तपाईंकहाँ आउँदै छु। म धेरै बेर यस संसारमा रहन्नँ, तर यिनीहरू भने यस संसारमा रहन्छन्। हे पवित्र पिता, तपाईं र म एक भएजस्तै तपाईंले मलाई दिनुभएकाहरू पनि एक होऊन् भनेर तिनीहरूलाई तपाईंको नाउँको शक्तिले जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।
Nepali ERV (पवित्र बाइबल)
अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु हवस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु हवस (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।
Nepali Tamang 2011
“दाहेन्से ङा ह्राङ मुबा ग्लारी खबान मुला। ल्हानान धिनधोना ङा चु जम्बुलिङरी आचि, तर चुगदे मी चु जम्बुलिङरीन चिला। थेतबासेलमा ङाला आबा परमप्रभु परमेश्वर, ह्राङदेन ङा गिक तबा ह्रङ् लसी चुगदेएनोन गिक तबाला लागिरी ह्राङसे ङादा पिन्बा ह्राङला मिनग्याम थेनीगदेदा जोगब लसी थान्गो।