John 17:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँको शक्ति पाएर जोगाइराखें। नाश हुनुपुर्ने मानिसबाहेक मैले कसैलाई पनि नष्‍ट हुन दिइनँ। तर धर्मशास्‍त्रमा लेखिएको वचन पूरा हुन आउनु नै पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्‍म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्‍ये विनाशको छोराबाहेक अरू कोही नष्‍ट भएन, किनकि धर्मशास्‍त्र पूरा हुन आवश्‍यक थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्‍ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।
Nepali ERV (पवित्र बाइबल)
जब सम्म म तिनीहरूसंग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफै छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
Nepali Tamang 2011
ङा थेनीगदेदेन छ्‌याम मुबा धुइरी ह्राङसे ङादा पिन्‍बा ह्राङला मिनग्‍याम ङाइ थेनीगदेदा जोगब लसी थान्‍जी। नाश ततोःबा म्‍हि बाहेक स्‍य्‍हान्‍दो खालैदान ङाइ नाश तआपुङ्नी। तिग्‍दा भिसम परमेश्‍वरला बचनरी भ्रिबा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा हिन्‍ना।