John 17:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्न सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्।
Nepali ERV (पवित्र बाइबल)
हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।
Nepali Tamang 2011
थेनीगदे जम्मान गिक तसी चिबारी खम्गै। परमेश्वर आबा, ह्राङ ङादेन छ्याम ओच्छे ङा ह्राङदेन छ्याम गिक तबा ह्रङ् लसी थेनीगदेएनोन य्हाङदेन छ्याम गिक तबारी खम्गै। ओच्छे ङादा ह्राङसे पुइखबा हिन्ना भिसी जम्बुलिङला म्हिगदेसे विश्वास लबारी खम्गै।