John 17:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूमा र तपाईं ममा हुनुहुन्‍छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्‍तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्‍छ भनी संसारले जान्‍न सकोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्‍तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्‍ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
Nepali ERV (पवित्र बाइबल)
जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
Nepali Tamang 2011
ङा थेनीगदेदेन छ्‌याम ओच्‍छे ह्राङ ङादेन छ्‌याम गिक तबा ह्रङ् लसी थेनीगदेएनोन पूरान गिक तबारी खम्‍गै। ओच्‍छे ङादा ह्राङसेन पुइखबा हिन्‍ना भिबादेन ह्राङसे ङादा माया लबा ह्रङ् लसी ह्राङसे थेनीगदेदाएनोन माया लमुला भिसी जम्‍बुलिङला जम्‍मान म्‍हिगदेसे था याङ्‌गै।