John 18:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिमोन पत्रुस र अर्का एक जना चेला येशूको पछि-पछि लागे। त्यो अर्को चेलाको प्रधान पूजाहारीसँग राम्रो चिनाजानी थियो। त्यसैले उनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे।
Nepali ERV (पवित्र बाइबल)
शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसंगै गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसंग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए।
Nepali Tamang 2011
सिमोन पत्रुसदेन स्य्हान्दो चेला गिक चा येशूदेन छ्याम छ्याम निजी। थे स्य्हान्दो चेलासे चा परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिदा ज्यना लसी ङोसेमुबा। थेतबासेलमा थे येशूदेन छ्यामनोन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला दिमला ख्राङगारी निजी।