John 18:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसचाहिँ ढोकाबाहिरै उभिएका थिए। त्‍यो चेलाले बाहिर निस्‍केर पाले बसेकी केटीलाई भनसुन गरी पत्रुसलाई भित्र ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसंग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए।
Nepali Tamang 2011
तर पत्रुस चा म्रापरीन राप्‍सी चिबा मुबा। थेतबासेलमा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदा ङोसेबा थे स्‍य्‍हान्‍दो चेला मङग्‍यार निसी म्रापरी चिबा म्रिङम्‍हेमेदा पाङ्सी पत्रुसदा न्‍हङ‍री भजी।