John 18:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “मैले सबैका सामु सबैले सुन्ने गरी खुला रूपले बोल्ने गर्थें। मैले आफ्नो शिक्षा सबै यहूदीहरू भेला हुने सभाघर र मन्दिरमा दिने गर्थें। मैले गुप्तमा शिक्षा दिएको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्लमखुल्ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्लमखुल्ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्तमा मैले केही भनेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।
Nepali Tamang 2011
येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “ङाइ जम्मालान ङाच्छा लोप्बा मुला। ङाइ सदन यहूदीगदे ह्रुप तबा दिमदेन परमेश्वरला मन्दिररी खबा जम्मान यहूदीगदेला ङाच्छा लोप्बा मुला। ङाइ खालैसे था आयाङ्ना लसी तिगै ताम पाङ्बा आरे।