John 18:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगो ताप्नेहरूमध्ये पत्रुसले कान काटिदिएका मानिसको एक जना नातेदार पनि त्यहाँ थियो। ऊ पनि प्रधान पूजाहारीको नोकर थियो। उसले भन्यो, “मैले तिमीलाई त्यस मानिससँग बगैँचामा देखेको, होइन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारीका कमाराहरूमध्ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्यसले सोध्यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?”
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”: 47-56; मर्कूस 14:43-50; लूका 22:47-53)
Nepali Tamang 2011
पत्रुससे नाब्यङ थासी पिन्बा नोकरला ह्राङलान म्हिएनोन थेरी मे दूसी चिबा मुबा। थेएनोन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला नोकर मुबा। थेसे पत्रुसदा “ङाइ एदा थे म्हिदेन छ्यामनोन बगैँचारी म्राङ्बा आहिन?” भिसी भिमा,