John 18:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान सबेरै तिनीहरूले येशूलाई कैयाफाको घरबाट रोमी बडा-हाकिमको दरबारमा पुर्‍याए। यहूदी अगुवाहरू दरबारभित्र पसेनन् किनभने निस्तार चाडको भोज खानको लागि तिनीहरूले आफूलाई चोखो राख्‍न चाहन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्‍यति बेला बिहानपख थियो। बिटुलिएर निस्‍तार-चाड़को भोज खान पाउँदैनौं भन्‍ने डरले तिनीहरू महलभित्र पसेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो।
Nepali Tamang 2011
थेनीगदेसे येशूदा स्‍य्‍होरीन कैयाफाला दिमग्‍याम रोमी अञ्‍चलाधीशला दरबाररी भोर्जी। तर ह्राङ अशुद्ध तसी मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडरी तिगै चबा स्‍हे चबारी आम्‍याङ् भिसी थेनीगदे चा लोङ्सी दरबार न्‍हङ‍री आवाङ्नी।