John 18:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला केही सिपाहीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूले पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहूदा त्यस बगैँचाभित्र पस्यो। तिनीहरूले हातहतियार, बत्ती र राँकाहरू बोकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाले एकदल सेनाहरू लगेर त्यसै वगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।
Nepali Tamang 2011
थे धुइरी फरिसीगदेदेन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेसे पुइखबा परमेश्वरला मन्दिर ख्रुङ्बा सिपाहीदेन रोमी सिपाहीगदेदा भसी यहूदा येशू मुबा ग्लारी धोखजी। थेनीगदे हतियार थोसी नाङसलदेन मेदङ म्रासी खबा मुबा।