John 18:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले भने, “यो मानिसलाई तिमीहरू आफैं लैजाओ र आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर।” यहूदी अगुवाहरूले जवाफ दिए, “हामीलाई त मृत्युदण्ड दिने अधिकार छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्नै व्यवस्थाबमोजिम यिनको इन्साफ गर।” यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।”
Nepali ERV (पवित्र बाइबल)
पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफै लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।” यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।”
Nepali Tamang 2011
पिलातससे थेनीगदेदा “चु म्हिदा एनीगदेसेन भोर्गो, ओच्छे एनीगदेला ह्राङलान ठिम अन्छार चु म्हिला निसाफ लउ” भिसी भिजी। जमाहेन्से यहूदीगदेसे थेदा “खालै म्हिदा साइबाला सजाय पिन्बा ङन्ना लागिरी ठीक आरे” भिसी भिजी।