John 18:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “मेरो राज्‍य त यस संसारको राज्‍यजस्‍तो होइन। यदि मेरो राज्‍य यस संसारका राज्‍यहरूजस्‍ता हुँदो हो त मलाई पछ्याउनेहरूले मलाई यहूदीहरूका हातबाट बचाउन लड्‍नेथिए। तर मेरो राज्‍य त्‍यस्‍तो होइन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “मेरो राज्‍य यस संसारको होइन। मेरो राज्‍य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्‍ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाँई गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
Nepali Tamang 2011
येशूसे पिलातसदा “ङाइ शासन लबा चु जम्‍बुलिङरी आहिन। चुदे ङाइ चु जम्‍बुलिङरी शासन लबा हिन्‍सम ङादा यहूदीगदेला याग्‍याम जोगब लबारी ङाला म्‍हिगदे थेनीगदेदेन छ्‌याम छेसेला मुबा। तर ङाइ शासन लबा चुरी आहिन” भिसी सुङ्जी।