John 18:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले येशूलाई सोधे, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनेर तपाईं आफैं भन्दै हुनुहुन्छ। म सत्य प्रकट गर्न जन्मिएको हुँ र यसैको लागि नै यस संसारमा आएको हुँ। सत्य मन पराउनेहरू सबैले मेरा कुरालाई सुन्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” येशूले भन्नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
Nepali Tamang 2011
पिलातससे येशूदा “थेह्रङ् भिसम ए ग्लेनोन हिन्ना?” भिसी ङ्योइमा, येशूसे पिलातसदा “ङा ग्ले हिन्ना भिसी मी ह्राङसेन सुङ्बा मुला। ङा ग्ले दोबाला लागिरी न्हबा हिन्ना, ओच्छे चुनोन सत्य ताम घोना लबाला लागिरी ङा चु जम्बुलिङरी खबा हिन्ना। थेतबासेलमा जुन म्हि सत्यला लिच्छा भ्रला थेसे ङाला ताम ङ्यान्ना” भिसी सुङ्जी।