John 18:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।)
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले भने, “नासरतको येशूलाई।” येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे “नासरतला येशूदा म्हाइबा” भिसी भिमा, येशूसे थेनीगदेदा “ङा थेनोन हिन्ना” भिसी सुङ्जी। येशूदा चुङ्सी पिन्बा यहूदाएनोन थेनीगदेदेन छ्यामनोन राप्सी चिबा मुबा।