John 19:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले भने, “मलाई किन भन्‍दैनौ? तिमीलाई थाहा छैन? तिमीलाई क्रूसमा झुण्‍ड्याउने वा छुट्‍कारा दिने अधिकार मेरो हातमा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्‍दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्‍ने अधिकार पनि मसँग छ भन्‍ने तिमीलाई थाहा छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”
Nepali Tamang 2011
थेतबासेलमा पिलातससे येशूदा “तिग ए ङादेन छ्‌याम ताम आपाङ्? एदा ख्‍लासी पिन्‍बा अधिकार ङादा मुला, ओच्‍छे एदा क्रुसरी टाँगब लसी साइबा अधिकारएनोन ङादा मुला भिसी एदा था आरे?” भिसी भिजी।