John 19:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर पिलातसले येशूलाई फेरि छोडिदिन खोजे। तर यहूदीहरूले कराउँदै भने, “त्‍यसलाई छोड्‍ने हो भने तपाईं रोमी महाराजाको मित्र हुनुहुन्‍न। आफैंलाई राजा हुँ भन्‍ने मानिसले त महाराजाकै विरोध गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि पिलातसले उहाँलाई छोडिदिन बढ़ी प्रयत्‍न गरे। तर यहूदीहरू यसो भन्‍दै कराए, “यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्‍न। आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्‍येक कैसरको विरुद्धमा खड़ा हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
Nepali Tamang 2011
चु ताम थेःसी पिलातससे झन येशूदा ख्‍लाबारी म्‍हाइजी। तर यहूदीगदेसे क्रिङ्बान चुह्रङ् भिसी भिजी, “चुदे ह्राङसे चु म्‍हिदा ख्‍लाजी भिसम ह्राङ रोमी ग्‍याल्‍बो कैसरला म्‍हि आहिन। जुन म्‍हिसे ह्राङसे ह्राङदान ग्‍ले हिन्‍ना भिसी पाङ्ला थे म्‍हिसे रोमी ग्‍याल्‍बो कैसरला बिरोध लबा हिन्‍ना।”