John 19:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराहरू सुनेर पिलातसले येशूलाई दरबारबाट बाहिर ढुङ्गाले ढाकेको आँगनमा लगे, जसलाई हिब्रू भाषामा गब्बथा भनिन्छ। त्यहाँ उनी न्याय गर्ने आसनमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए, र उनी “ढुङ्गाका पाटी” भनिने ठाउँमा (जसलाई हिब्रूमा गब्बथा भनिन्छ) न्याय आसनमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।
Nepali Tamang 2011
चु ताम थेःसी पिलातससे येशूदा मङग्यार भजी ओच्छे पिलातस युङबा तीबा ख्राङगारी निसाफ लबा ठिरी चिजी। थे युङबा तीबा ख्राङगादा हिब्रू ग्योइरी गब्बथा भिसी भिमुला।