John 19:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसलाई मार्नैपर्छ! त्‍यसलाई मार्नैपर्छ! त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुपर्छ!” भनेर तिनीहरू सबै कराउन थाले। पिलातसले तिनीहरूलाई सोधे, “के म साँच्‍चै तिमीहरूका राजालाई क्रूसमा झुण्‍ड्याऊँ?” मुख्‍य पूजाहारीहरूले जवाफ दिए, “रोमी महाराजाबाहेक हाम्रो अर्को कुनै राजा छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याए, “लैजानुहोस्, लैजानुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌!” पिलातसले तिनीहरूलाई सोधे, “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ?” मुख्‍य पूजाहारीहरूले जवाफ दिए, “कैसरबाहेक हाम्रो अरू राजा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” मुख्य पुजारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नू होस्।” पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाऊँछौ?” मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”
Nepali Tamang 2011
तर थेनीगदेसे “चुदा क्रुसरी टाँगब लसी साइबारी भोर्नोन तोःला” भिसी क्रिङ्बाला क्रिङ्बान लजी। जमाहेन्‍से पिलातससे थेनीगदेदा “थेह्रङ् भिसम ङाइ एनीगदेला ग्‍लेदा क्रुसरी टाँगब लसी साइगो?” भिसी भिमा, परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेसे “रोमी ग्‍याल्‍बो कैसर बाहेक ङन्‍ना स्‍य्‍हान्‍दो खालै ग्‍ले आरे” भिसी भिजी।