John 19:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दोष-पत्रमा लेखिएको कुरा धेरै मानिसहरूले पढे किनभने त्यो ठाउँ सहरको नजिकै थियो अनि त्यो दोष-पत्र हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै यहूदीहरूले त्यो दोषपत्र पढे; किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ सहरको नजिक थियो। अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।
Nepali Tamang 2011
चु ताम ल्हानान यहूदीगदेसे पढब लजी। तिग्दा भिसम येशूदा क्रुसरी टाँगब लसी साइबा ग्ला शहरला ङामरीन मुबा। चु ताम हिब्रू, ल्याटिनदेन ग्रीक ग्योइरी भ्रिबा मुबा।