John 19:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि उहाँको लुगा लिएर चार भाग लगाए र आपसमा बाँडे। उहाँको लामो कुर्ताचाहिँ माथिदेखि तलसम्‍म सिउनैनपर्ने गरी बुनिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्‍त्र लिएर प्रत्‍येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे। उहाँको बाहिरी वस्‍त्र पनि लिए, तर त्‍यो वस्‍त्रचाहिँ सिउनी नभएको माथिदेखि तलसम्‍मै बुनेको सग्‍लो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो।
Nepali ERV (पवित्र बाइबल)
क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।
Nepali Tamang 2011
येशूदा क्रुसरी टाँगब लमाहेन्‍से सिपाहीगदेसे येशूला क्‍वान भो ब्‍लि लसी ह्राङ ह्राङ न्‍हङ‍री भो लजी। ओच्‍छे थेनीगदेसे येशूसे न्‍हङ‍री क्‍वान्‍बा क्‍वानएनोन किन्‍जी, तर थे क्‍वान चा आढुप्‍ना तोरहेन्‍से मारधोनान रासी स्‍होबा मुबा।