John 19:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर तिनीहरूले आपसमा भने, “यसलाई चाहिँ नच्‍यातौं, तर यो कसको भागमा पर्दोरहेछ, चिट्ठा हालेर हेरौं।” “तिनीहरूले मेरा लुगा आपसमा बाँडे र मेरा पोशाकमा चाहिँ चिट्ठा हाले,” भनेर धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुन आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्‍यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।” धर्मशास्‍त्र पूरा होस्‌ भनेर नै यो भएको थियो: “तिनीहरूले मेरो वस्‍त्र आफू-आफूमा बाँड़े, र बाहिरी वस्‍त्रमा चाहिँ चिट्ठा हाले।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।” धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। “तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे, र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः “तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18 सिपाहीहरूले त्यसै गरे।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे “चु चा आढेगे, तर खाल्‍दा परब तबा चीम चिट्ठा युसी च्‍यागे” भिसी ह्राङ ह्राङ न्‍हङ‍री ताम लजी। बचनरी भ्रिबा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा मुबा। बचनरी “थेनीगदेसे ङाला क्‍वान ह्राङ ह्राङ न्‍हङ‍री भो लजी, ओच्‍छे ङाला क्‍वान किन्‍बाला लागिरी चा चिट्ठा युजी” भिसी भ्रिबा मुबा। थेतबासेलमा सिपाहीगदेसे चु गे लजी।