John 19:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ सिर्काले भरिएको एउटा भाँडो थियो। सिपाहीहरूले एउटा स्‍पन्‍ज हिसपको हाँगामा अड्काई येशूको मुखमा लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्‍पञ्‍ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्‍याइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्‍याइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।
Nepali Tamang 2011
थेरी अङगुरला कम्‍बा निङगु मुबा ताङ गिक मुबा। थेतबासेलमा सिपाहीगदेसे हिसप भिबा दोङला हाँगारी क्‍वानगेन खीसी थे निङगुरी ब्‍लुम्‍सी येशूदा ख्‍वाजी।