John 19:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्योचाहिँ तयारीको दिन अर्थात् विश्राम दिनको अघिल्लो दिन थियो र निस्तार चाड परेकोले भोलिपल्टको विश्राम दिनचाहिँ विशेष पवित्र दिन थियो। त्यसैले यहूदी अगुवाहरूले ‘त्यो ठूलो दिनमा लाश क्रूसमा राखिछोड्नुहुँदैन’ भन्ने सल्लाह गरे अनि तिनीहरूले पिलातसकहाँ गएर यसरी बिन्ती चढाए, “मृत्युदण्ड पाएकाहरू चाँडै मरून् भनेर तिनीहरूका खुट्टा भाँचेर क्रूसबाट झारियोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून् भनी पिलातसलाई बिन्ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन् भनी माग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ थियो। यहूदीहरूले शब्बाथमा लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।
Nepali Tamang 2011
थे धिन चा मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाड धङ्बारी तयार लबा धिन मुबा। चु धिन चा यहूदीगदेसे ब्लप्बा न्हबा धिनना ङाच्छाकुनु मुबा। न्हङगरदङ मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाड धङ्बा धिन परब तबासे लमा जमाकुनुला ब्लप्बा न्हबा धिन चा थेनीगदेला लागिरी मुल धिन मुबा। थेतबासेलमा थे मुल धिनकुनु क्रुसरी खालैलान लास आतगै भिसी यहूदीगदेसे ह्राङ ह्राङ न्हङरी सल्लाह लजी। ओच्छे थेनीगदे पिलातस मुबा ग्लारी निसी, “सिबाला सजाय पिन्बा म्हिगदे योनान सिगै भिसी थेनीगदेला काङ क्युइसी क्रुसग्याम मार तेःपुङ्गो” भिसी बिन्ती लजी।